सडक खुलाउने विषय पहिलो प्राथमिकता : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अवरुद्ध यातायात खुलाउने विषय अहिलेको पहिलो प्राथमिकता रहेको बताएका छन् । आइतबार मन्त्रालयमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूसँगको छलफलमा उनले बाढी र पहिरोले भत्किएका सडक मर्मत एवम् पहिरो पन्छाई यातायातलाई सहज बनाउन मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताएका हुन् ।
पुल क्षतिग्रस्त भएका स्थानमा बेलिब्रीज राखेर तथा अन्य विकल्पहरूको पहिचान गरी आवागमन सहज बनाउन सडक विभाग मार्फत काम अघि बढाइएको समेत उनले बताए । यस्तै मन्त्री दाहालले बाढी पहिरोमा परि ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
ताप्लेजुङकी सांसद उर्मिला थेवे, खोटाङका पूर्व सांसद विशाल भट्टराई लगायतको प्रतिनिधिमण्डलसँग मन्त्री दाहालले छलफल गरेका हुन् । मन्त्रालयका सचिव केशवकुमार शर्माले पहिरो पन्छाउने र सडक खुलाउने कार्यका लागि देशै भरिका आवश्यक स्थानमा प्राविधिक, जनशक्ति तथा उपकरण परिचालन गरिएको बताए ।
यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेलले विभागले विभिन्न निकायहरू समन्वय गरेर सडकको अवरोध हटाउने कार्य गरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण