सडक खुलाउने विषय पहिलो प्राथमिकता : मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अवरुद्ध यातायात खुलाउने विषय अहिलेको पहिलो प्राथमिकता रहेको बताएका छन् । आइतबार मन्त्रालयमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूसँगको छलफलमा उनले बाढी र पहिरोले भत्किएका सडक मर्मत एवम् पहिरो पन्छाई यातायातलाई सहज बनाउन मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताएका हुन् ।
पुल क्षतिग्रस्त भएका स्थानमा बेलिब्रीज राखेर तथा अन्य विकल्पहरूको पहिचान गरी आवागमन सहज बनाउन सडक विभाग मार्फत काम अघि बढाइएको समेत उनले बताए । यस्तै मन्त्री दाहालले बाढी पहिरोमा परि ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
ताप्लेजुङकी सांसद उर्मिला थेवे, खोटाङका पूर्व सांसद विशाल भट्टराई लगायतको प्रतिनिधिमण्डलसँग मन्त्री दाहालले छलफल गरेका हुन् । मन्त्रालयका सचिव केशवकुमार शर्माले पहिरो पन्छाउने र सडक खुलाउने कार्यका लागि देशै भरिका आवश्यक स्थानमा प्राविधिक, जनशक्ति तथा उपकरण परिचालन गरिएको बताए ।
यस्तै सडक विभागका महानिर्देशक रामहरि पोखरेलले विभागले विभिन्न निकायहरू समन्वय गरेर सडकको अवरोध हटाउने कार्य गरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गृहमन्त्री’ बारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक
-
ओलीको निर्देशन– १५ गते काठमाडौँ एमालेको नियन्त्रणमा हुनुपर्छ
-
समुद्र सतहदेखि ३३ सय मिटर उचाइमा रहेको खरीढुङ्गा (तस्बिरहरू)
-
शिक्षकहरूसँग भएका सहमति विधेयकमा समावेश गरिनुपर्छ : सांसद पौडेल
-
गृहमन्त्री र पर्यटनमन्त्रीलाई बर्खास्त गर्न देउवालाई कांग्रेस सांसद् बजगाईको पत्र
-
विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि अभियानकै रूपमा स्वयंसेवक खटाउँछौ : कार्यकारी निर्देशक भट्ट