नेविसंघलाई राहत तथा तरुण दललाई सरसफाइ र अस्थायी टहरा निर्माणको जिम्मेवारी
काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसले बाढी पहिरोको विपत्तिको मारमा फसेका जनताका लागि राहत सङ्कलन गर्ने वितरण गर्ने जिम्मेवारी भातृ संस्था नेपाल विद्यार्थी सङ्घलाई दिएको छ ।
सोमबार पार्टी महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा बसेको बाढी पीडित राहत तथा पुनर्स्थापना समितिको बैठकले भातृ संस्थाहरूलाई फरक फरक जिम्मेवारी दिएको केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए ।
पार्टी स्थानीय तह समन्वय विभाग प्रमुख समेत रहेका आचार्यले दिएको जानकारीअनुसार बाढी पहिरोको समस्या भएको ठाउँमा सरसफाइ गर्ने जिम्मेवारी भने नेपाल तरुण दललाई दिइएको छ । यस्तै तरुण दलले स्थानीय तहसँगको समन्वयमा आवश्यकताअनुसार अस्थायी टहरा बनाउने जिम्मेवारी थप दिइएको उनले बताए ।
‘प्राकृतिक विपत्तिको कारण फोहोर जम्मा भएको छ । त्यसलाई सरसफाइ नगर्ने भए महामारी फैलन्छ । त्यसैले सरसफाइको जिम्मेवारी पनि हामीले दिएका हौँ‚’ आचार्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण