दाउन्नेमा बाटो भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको जंगलमा बाटो भासिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जंगलमा पूर्व–पश्चिम राजमार्ग भासिएको हो ।
सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन प्रवेशमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए । उनका अनुसार सडक अनुमानित डेढ फिट भासिएको छ ।
बुटवल–नारायणगढ निर्माण हुँदै गरेको सडकको ‘रिटर्निङवाल’ चर्केर विद्युत्को ‘हाइटेन्स पोल’ पनि सडकमा ढलेको प्रहरी नायब उपरीक्षक बोहराले बताए । बाटो खुलाउनका लागि सडक डिभिजन, विद्युत् कार्यालय नवलपरासीको संयुक्त प्रयास भइरहेको उनले बताए ।
यसैबीच सड्क भासिएर अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सड्कको मर्मत सुरू भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिए । सोमबार साँझ ५ बजेतिर सडक भसिएर आवागमन अवरुद्ध बनेनेको भन्दै यात्रुहरू अलपत्र परेपछि सोमबार राति साढे ११ बजेदेखि मर्मत सुरू गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण