महिला भलिबल लिगमा आज तीन खेल : गण्डकी पहिलो र कर्णाली दोस्रो जितको खोजीमा
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको ‘वात्सल्य एभरेस्ट महिला भलिबल लिग’ को दोस्रो दिन मंगलबार तीन वटा खेल हुनेछन् । पहिलो खेलमा गण्डकी थन्डर्सले कर्णाली यश्विजको सामना गर्नेछ । उक्त खेल दिउँसो १५ः४५ बजे सुरु हुनेछ ।
उक्त खेलमा कर्णाली यश्विज लगातार दोस्रो र गण्डकी थन्डर्स पहिलो जितको खोजीमा रहने छन् । कर्णाली यश्विज आफ्नो पहिलो खेलमा विजयी भएको थियो । कर्णाली यश्विजले पहिलो खेलमा मधेस युनाइटेडलाई ३–१ सेटले हरायो । उक्त खेलमा कर्णाली यश्विज २५–१५, २५–२०, २६–२८, २५–११ अंकले विजयी भएको थियो ।
यसैगरी, मंगलबारको दोस्रो खेल काठमाडौँ स्पाइकर्स र चितवन शक्तिबिच खेलिने छ । उक्त खेल साँझ १७ः४५ बजे सुरु हुनेछ । यी दुबै टोलीले जारी प्रतियोगितामा आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । आफ्नो पहिलो खेलमा काठमाडौँ स्पाइकर्स पराजित भएको थियो भने चितवन शक्ति विजयी ।
सोमबार सम्पन्न उद्घाटन खेलमा ललितपुर क्विन्सले काठमाडौँ स्पाइकर्सलाई ३–१ सेटमा हराएको थियो । उक्त खेलमा ललितपुर क्विन्स २५–२०, २१–२५, २५–२१, २५–१९ अंकले विजयी भएको थियो । चितवन शक्तिले भने आफ्नो पहिलो खेलमा गण्डकी थन्डर्सलाई ३–१ सेटले पराजित ग-यो । उक्त खेलमा चितवन शक्ति २५–२२, १९–२५, २५–२३, २५–१८ अंकले विजयी भएको थियो ।
यसैगरी, मंगलबारको तेस्रो खेल ललितपुर क्विन्स र मधेस युनाइटेडबिच खेलिने छ । उक्त खेल राति १९ः४५ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा यी दुबै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेलमा ललितपुर क्विन्स विजयी भएको थियो भने मधेस युनाइटेड पराजित ।
ललितपुर क्विन्सले प्रतियोगिताको उद्घाटन खेलमा छिमेकी प्रतिद्वन्द्वी काठमाडौँ स्पाकइर्सलाई २५–२०, २१–२५, २५–२१, २५–१९ अंकले हराएको थियो । मधेस युनाइटेड भने आफ्नो पहिलो खेलमा कर्णाली यश्विजसँग पराजित भएको थियो । उक्त खेलमा कर्णाली यश्विज २५–१५, २५–२०, २६–२८, २५–११ अंकले विजयी भएको थियो ।
प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेका छन् । महिला भलिबल लिगको पहिलो संस्करणमा ६ वटा टोलीको सहभागिता रहेको छ । सहभागी टोलीमा गण्डकी थन्डर्स, काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, कर्णाली यश्विज र मधेस युनाइटेड रहेका छन् ।
प्रतियोगिताको फाइनल खेल असोज १९ गते खेलिने छ । फाइनल खेल साँझ ५ः३० बजे सुरु हुनेछ । सहभागी ६ वटै टोलीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने प्रावधान छ ।
प्रतियोगिता इन्फिनिटी ड्रिम्स प्रालिले प्रतियोगिता आयोजना गर्न लागेको हो । इन्फिनिटी ड्रिम्सले प्रतियोगिताका लागि नेपाल भलिबल संघसँग सात वर्षका लागि यसअघि नै सम्झौता गरिसकेको छ । लिग आयोजना गरेवापत इन्फिनिटीले संघलाई प्रत्येक वर्ष २५ लाख रुपैयाँ उपलब्ध गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण