बिग बोस १८ मा सबैभन्दा महँगो प्रतियोगी, हरेक दिन पाउनेछिन् ५.४ लाख भारु
मुम्बई । चर्चित रियालिटी शो बिग बोस–१८ अक्टोबर ६ देखि सुरु हुँदैछ । शोमा आउन सक्ने प्रतियोगीका विभिन्न नामहरू सार्वजनिक भइरहेका छन् ।
यस सिजनमा टिभी अभिनेत्री निया शर्मा भाग लिने पक्कापक्की भइसकेको छ । उनी सुहागन चुडैल, एक हजारोँ मे मेरी बहना हे र नागिनका लागि चर्चित छिन् । भारतीय मिडियाका अनुसार उनी यो सिजनकी सबैभन्दा महँगो प्रतियोगी हुनेछिन् ।
रिपोर्टका अनुसार शर्माले बिग बोसको घरमा बस्ने हरेक दिनका लागि ५ लाख ४० हजार भारतीय रुपैयाँ पाउनेछन् । उनले हरेक हप्ता ३७ लाख ८० हजार भारु प्राप्त गर्नेछिन् । यद्यपि, उनले बिग बोससँग मात्र १५ दिनको करारमा हस्ताक्षर गरेकी छिन् ।
नियाबाहेक अभिनेता धीरज धूपर, अभिनेत्री सुरभि ज्योति, अभिनेता शहजाद धामी, शोएब इब्राहिम र नायरा बनर्जी पनि शोमा सहभागी हुने बताइएको छ ।
त्यस्तै, बलिउड अभिनेत्री समीरा रेड्डी, उर्मिला मातोन्डकर र शिल्पा शिरोडकरको नाम पनि चर्चामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण