यातायात सहज बनाउनेबारे भौतिक र रक्षामन्त्रीबिच छलफल
काठमाडौँ । बाढी पहिरोले अवरुद्ध भएको सडक मर्मत गरि यातायात सहज बनाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षा मन्त्री मानवीर राई बिच छलफल भएको छ ।
बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा क्षतीग्रस्त सडकको मर्मत र निर्माणका लागि दुवै मन्त्रालय विच सहकार्य हुने बारेमा छलफल भएको थियो ।
चाडपर्वको समेत बेला भएकाले जति सक्दो चाँडो सडक मर्मत तथा निर्माण गरि यातायात सहज बनाउन रक्षा मन्त्रालय पनि सहयोग गर्ने भएको छ । वीपी राजमार्गका क्षतिग्रस्त विभिन्न खण्ड मर्मतका लागि आवश्यक परे रक्षा मन्त्रालय मार्फत नेपाली सेनाको समेत सहभागिता गराई सवारी आवागमन सहज बनाउन दुवै मन्त्रीहरु विचमा छलफल भएको हो ।
छलफलमा मन्त्रालयका सचिव केशकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतका अधिकारीहरु समेत सहभागी रहेको थियो ।
सडक विभागले क्षतिग्रस्त सवै स्थानहरुमा प्राविधिक तथा उपकरणहरु परिचालन गरि सवारी आवागमन सहज बनाउने काम गरि रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण