भ्रमण
परिवारका सदस्यसहित भुटान पुगे पूर्वराजा ज्ञानेन्द्र शाह
बिहीबार, १७ असोज २०८१, १४ : ४९
काठामाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान गएका छन् । उनी भुटान एयरलाईन्सको जहाजमार्फत बिहीबार भुटानको थिम्पुु पुगेका हुन् ।
शाहसँगै उनकी छोरी प्रेरणासहित परिवारका सदस्यहरु शिताष्मा शाह, राजेश सिंह र स्वकीय सचिव सागर तिमल्सिना पनि भुटान गएका हुन् । शाह भुटानको राजधानी थिम्पु पुग्दा भुटानी राजकुमारीले स्वागत गरेकी छन् । शाहको भुटान भ्रमण निजी रहेको शाहका सम्वाद सचिव फणिराज पाठकले जानकारी दिएका छन् ।

भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने बताइएको छ । उनको भुटान भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पूर्वराजा शाह असोज २० गते आइतबार स्वदेश फर्कने बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण