एभरेस्ट महिला भलिबल : शीर्ष दुईमा काठमाडौँको सम्भावना बलियो

काठमाडौँ । काठमाडौँ स्पाइकर्सले जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा तेस्रो जित निकाल्दै शीर्ष दुईको सम्भावना बलियो बनाउँदा मधेस युनाइटेड भने खराब प्रदर्शनसहित बाहिरिने भएको छ ।
बिहीबार लिगमा आफ्नो चौथो खेल खेलेका काठमाडौँ स्पाइकर्सले मधेस युनाइटेडमाथि ३–१ को जित निकाल्दै अंकतालिका शीर्ष दुईको सम्भावना बलियो बनाएको हो । यता, मधेस भने लगातार चौथो हारसँगै बाहिरिने भएको छ । सेटमा अग्रता जोगाउन नसक्दा मधेसले हार व्यहोरेको हो । पहिलो सेट मधेसले २५–१५ ले सहजै आफ्नो बनाउँदै काठमाडौँविरुद्ध राम्रो सुरुवात गर्यो । प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट काठमाडौँ स्पाइकर्सले मधेस युनाइटेडलाई २५–२३ ले आफ्नो पक्षमा पार्दै बराबरीमा ल्यायो ।
तर त्यसपछि भने मधेसले लय जारी राख्न सकेन । तेस्रो सेट मधेसले २५–१५ ले सहजै गुमाएपछि काठमाडौँ स्पाइकर्सले अग्रता लियो । चोथो सेटमा पनि मधेस लय फर्कन सकेन । यसको फाइदा लिँदै काठमाडौँले २५–१८ ले सहजै आफ्नो बनायो । यससँगै काठमाडौँ स्पाइकर्सले उत्कृष्ट पुनरागमन गर्दै जारी लिगमा तेस्रो जित आत्मसात् गरेको हो । काठमाडौँ स्पाइकर्स चार खेलबाट ९ अंक बटुल्दै लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । भ्याली डर्बीमा काठमाडौँले ललितपुर क्विन्ससँग खराब हार व्यहोर्दै लिगको सुरुवात गरेको थियो ।
तर काठमाडौँ स्पाइकरले त्यसपछि लगातार तीन खेल जित्दै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो । उषा भण्डारीको कप्तानीमा रहेको काठमाडौँ स्पाइकर्स तीनै खेलमा सोझो सेटमै जित निकाल्दै लयमा फर्कियो । यता निरुता ठगुन्नाको कप्तानीमा रहेको मधेस चारै खेलमा सोझो सेटमै नतिजा सुम्पिँदा अझै अंकविहीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनालाई हराउँदै इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा
-
रातभर सुतेनन् मोदी, पूरै ध्यान पाकिस्तान लक्षित ‘अपरेशन सिन्दूर’मा
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)