सिस्नेरी पहिरोमा मृत्यु भएका तीनजना विद्यार्थीको परिवारलाई राहत वितरण
बागमती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी पहिरोमा परेर मृत्यु भएका तीनजना विद्यार्थीका परिवारलाई शुक्रबार राहत उपलब्ध गराइएको छ ।
सरकारकातर्फबाट जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरका संयोजक एवं प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले पहिरोमा परी मृत्यु भएका मकवानपुरको हेटौँडाका अनुपम घलान, मकवानपुरगढीका साइमन योञ्जन र सिस्नेरीका दिवस बानियाँका परिवारलाई राहतस्वरुप दुई-दुई लाखको चेक हस्तान्तरण गरे ।
मृतक अनुपमका बुबा ललितबहादुर घलान, साइमनका बुबा हेमबहादुर योञ्जन र बानियाँका बुबा दीपक बानियाँलाई घरमा पुगेर चेक हस्तान्तरण गरिएको प्रजिअ चिलुवालले जानकारी दिए ।
यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाले मकवानपुरको सिस्नेरीस्थित टेकरमा पहिरोमा खस्दा असोज १२ गते अखिल नेपाल फुटबल सङ्घ (एन्फा) क्याम्पमा प्रशिक्षण लिने र होस्टेलमा बसेर अध्ययन गर्दै आएका छजना विद्यार्थीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसियाको आन्तरिक पर्यटक ११ दशमलव पाँच प्रतिशतले वृद्धि
-
जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन
-
लगातार दोस्रो पटक विश्वकप जित्ने दाउमा रहेको अर्जेन्टिनालाई अल्जेरियाको चुनौती
-
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’
-
माइतीघरमा छताछुल्ल न्यायका याचना : फरक कथा, एउटै व्यथा
-
नेपाल–डेनमार्क द्विपक्षीय संयन्त्रको तेस्रो बैठक सम्पन्न, सन् २०२७ मा कूटनीतिक सम्बन्धको ६०औँ वर्षगाँठ मनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण