नेपाल–भारतमैत्री संघले हस्तान्तरण राहत सामग्री
काठमाडौँ । नेपाल–भारतमैत्री संघले काभ्रेपलान्चोक जिल्लाको पनौती नगरपालिकाका बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएको सामग्रीमा कम्बल ४५० थान, लामखुट्टेबाट बच्नको लागि झुल ५४० थान तथा औषधी र उपकरणहरू रहेका छन् ।
यी सामग्रीहरू पीडित जनतासम्म पुर्याउने गरी यस नेपाल भारत मैत्री संघ जिल्ला शाखाका सभापति विश्वराम श्रेष्ठ तथा तथा सदस्य रमेश अधिकारी मार्फत पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीलाई शुक्रवार हस्तान्तरण गरिएको संघले जनाएको छ ।
असोज १२ र १३ गते आएको भीषण वर्षाको कारण आएको बाढी पहिरोबाट अन्य जिल्लाझैँ काभ्रेपलान्चोक जिल्लाका पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, रोशी पालिका, मन्डन देउपुर नगरपालिका, नमोबुद्ध तथा तिमाल गाउँपालिकामा मानवीय तथा भौतिक क्षति भएको थियो ।
बाढी पहिरोबाट प्रभावित अन्य गाउँपालिका पनि थप राहत सामग्री उपलब्ध गर्न अग्रसर रहेको संघले जनाएको छ । यसअघि संघले बल्खुस्थित बाढी पीडितलाई १० लाख रुपियाँ बराबरको राहत सामग्री वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण