प्राकृतिक प्रकोपमा मृत्यु भएका ६ जना खेलाडीका परिवारलाई ८ लाखका दरले राहत दिने निर्णय
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्राकृतिक प्रकोपको घटनामा ज्यान गुमाएका ६ जना खेलाडीका परिवारलाई ८ लाखका दरले राहत दिने निर्णय गरेको छ ।
असोज १२ गते मकवानपुरको इन्द्र सरोबार गाउँपालिका ३ स्थित एन्फा वात्सल्यदेवी एकेडेमीमा प्रशिक्षार्थी ६ जना खेलाडीहरु आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आचार्य, दिवस बानिया, अनुपम घलान र साइमन योञ्जनको पहिरोमा परेर मृत्यु भएको थियो ।
सो सम्बन्धमा आइतार बसेको एन्फाको आपत्कालीन बैठकले क्षतिपूर्ति दिने निर्णय सहित प्रत्येक दिवंगत खेलाडीहरूको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा २ लाख अक्षयकोष संघबाट खोल्ने र उक्त कोषमा अन्य शुभचिन्तकहरुलाई सहयोग गर्नका लागि अनुरोध गर्ने निर्णय पनि भएको छ ।
यस्तै दिवंगत खेलाडीहरूको शालिक वा स्मृति स्तम्ब निर्माण गर्ने, थप राहतका लागि एन्फा र फिफालाई अनुरोध गर्ने, घटनाको छानबिनका लागि समिति गठन गर्नेलगायतका निर्णय भएको प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण