विपद्मा नागरिकलाई सरकारको अनुभूति दिनुपर्छ : मन्त्री काफ्ले
मकवानपुर । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले विपद्को समयमा आम नागरिकलाई राज्य र सरकारको अनुभूति दिनुपर्ने बताएका छन् । विपद्पछि समस्यामा परेका नागरिकलाई आवश्यक पर्ने सेवा उपलब्ध गराउन प्रदेश सरकार अगाडी बढ्न तयार रहेको उनले बताएका हुन् ।
काभ्रेको विपद् प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री काफ्लेले जनतालाई अप्ठ्यारो भएको बेलामा सरकार समस्या देखाए उम्कन बताए । उनका अनुसार वर्तमान अवस्थामा विशेष गरी पूर्वाधारको क्षेत्रमा काम गर्नुपर्ने देखिएको छ ।
बागमती प्रदेशले लगानी गरेर काम गरिरहेको ठाउँहरूको क्षतिको अवस्थामा त्यसलाई प्राथमिकताका साथ पुनर्निर्माण र संरक्षणको काम गर्ने गरी प्रक्रिया अगाडी बढाउने निर्णय गरे अनुसार मातहतका कार्यालयहरूलाई मन्त्री काफ्लेले निर्देशन दिए ।
‘जनतालाई हामीले सरकारको अनुभूति हामीले नै दिनुपर्छ । जनतालाई यो छैन, त्यो छैन, नियम र कानुन छैन भनेर होइन कि सरकार भनेको नै तपाईँहरू भएकाले दुःखको वेलामा सरकारको अनुभूति दिनुपर्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी चार प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण