काभा यू–२० भलिबलमा मिश्रित नतिजा निकालेको नेपालले आज मालदिभ्सको सामना गर्दै

काठमाडौँ । श्रीलङ्काको राजधानी कोलम्बोमा जारी काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा मंगलबार नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ । नेपाली टोलीले तेस्रो खेलमा मालदिभ्सको सामना गर्न लागेको हो । उक्त खेल नेपाली समय अनुसार, १४ः१५ बजे सुरु हुनेछ ।
जारी प्रतियोगितामा नेपालले यसअघि दुई खेल खेल्दै मिश्रित नतिजा निकालेको छ । नेपाली टोलीले आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र श्रीलंकालाई ३–० सेटले हराएको थियो । नेपाली टोली आफ्नो दोस्रो खेलमा भने उज्वेकिस्तानसँग ३–१ सेटले पराजित भएको थियो ।
त्यसैले मालदिभ्सविरुद्धको खेल नेपाली टोलीका लागि निकै महत्त्वपूर्ण छ । नेपाली टोलीले आफ्नो चौथो खेल बिहीबार किर्गिस्तानसँग खेल्नेछ । आफ्नो पाँचौँ खेलमा नेपाली टोलीले शुक्रबार तुर्कमेनिस्तानको सामना गर्नेछ ।
लिग चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरी बलको प्रवक्तामा डीआईजी कालिदास धौवजी
-
प्रदीप नेपालको निधनमा प्रतिनिधिसभाले पारित गर्यो शोक प्रस्ताव
-
तीन दिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै
-
भाटभटेनीबाट मदिरा चोर्ने युवक ७ वर्षदेखि चोरीमै संलग्न, गाडी लिएर गएका थिए चोर्न
-
अपरेसन सिन्दूर : पाकिस्तानमा कम्तीमा २६ जनाको मृत्यु, मारिनेमा मसूद अजहरका आफन्त
-
अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्सस्टेपको ब्रान्च सामाखुसीमा