काभा यू–२० भलिबलमा मिश्रित नतिजा निकालेको नेपालले आज मालदिभ्सको सामना गर्दै
काठमाडौँ । श्रीलङ्काको राजधानी कोलम्बोमा जारी काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा मंगलबार नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ । नेपाली टोलीले तेस्रो खेलमा मालदिभ्सको सामना गर्न लागेको हो । उक्त खेल नेपाली समय अनुसार, १४ः१५ बजे सुरु हुनेछ ।
जारी प्रतियोगितामा नेपालले यसअघि दुई खेल खेल्दै मिश्रित नतिजा निकालेको छ । नेपाली टोलीले आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र श्रीलंकालाई ३–० सेटले हराएको थियो । नेपाली टोली आफ्नो दोस्रो खेलमा भने उज्वेकिस्तानसँग ३–१ सेटले पराजित भएको थियो ।
त्यसैले मालदिभ्सविरुद्धको खेल नेपाली टोलीका लागि निकै महत्त्वपूर्ण छ । नेपाली टोलीले आफ्नो चौथो खेल बिहीबार किर्गिस्तानसँग खेल्नेछ । आफ्नो पाँचौँ खेलमा नेपाली टोलीले शुक्रबार तुर्कमेनिस्तानको सामना गर्नेछ ।
लिग चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण