मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

नेपाली बजारमा होण्डाको नयाँ ग्राजिया स्कुटर

बुधबार, ०२ जेठ २०७५, १४ : १८
बुधबार, ०२ जेठ २०७५

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा.लि. ले नयाँ होण्डा ग्राजियालाई नेपाली बजारमा भित्राएको छ ।

समकालीन शहरी डिजाइनमा आधारित आधुनिक स्कुटरहरुलाई पूर्णरुपमा रि–डिफाइन गर्न सफल होण्डा ग्राजियामा आकर्षक र स्टाईलिस लुक रहेको छ । एलइडी हेडल्याम्प युक्त यस स्कुटरमा १२५ सिसि ईन्जिन रहेको छ । होण्डा इको टेक्नोलोजीको प्रयोगका कारण यस स्कुटरमा बढी माइलेज र पावर हुनुका साथै १९० एमएम फ्रन्ट डिस्क ब्रेक भएकाले यसलाई आवश्यक समयमा रोक्न सजिलो हुनेछ । सिट खोल्नको लागि स्विचका साथै फोर ईन वान लक सिस्टम रहेको छ । इक्युलाइजरका साथै कोम्बी ब्रेक सिस्टम युक्त यस स्कुटरले ब्रेकिङ्ग दूरी न्यूनतम गरी स्कुटरलाई नियन्त्रणमा राखी सुरक्षित यात्रा सुनिश्चित गर्ने कम्पनीको दावी छ ।

विभिन्न विशेषताहरुले भरिपूर्ण यस होण्डा ग्राजियामा अर्को मुख्य आकर्षक विशेषता भनेको यसमा रहेको फ्रन्ट ग्लोब बक्स र मोबाइल चार्जिङ्ग सकेट हो ।  सन् १९६८ मा ज्योति ग्रुपद्वारा आयात गरिने होण्डा मोटरसाइकलहरुको बिक्रि वितरणसँगै सन् १९७६ मा स्थापित स्याकार टे«डिङ्ग कम्पनी प्रा.लि. नेपालको एक प्रतिष्ठित र अग्रणी कम्पनी हो जसको शोरुमहरु नेपालभर फैलिएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप