मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

भारतीय क्रिकेट टोलीका सहायक प्रशिक्षकले दिए राजीनामा

मङ्गलबार, १२ साउन २०८३, १७ : ५४
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • भारतीय पुरुष क्रिकेट टोलीका सहायक प्रशिक्षक रायन टेन डोशाटेले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन् ।
  • उनले लामो समयसम्म हुने अन्तर्राष्ट्रिय भ्रमणका कारण परिवारलाई समय दिन नसकेको भन्दै जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन् ।
  • उनको राजीनामाको अन्तिम निर्णय बीसीसीआई र मुख्य प्रशिक्षक गौतम गम्भीरले गर्नेछन् ।

काठमाडौँ । भारतीय पुरुष क्रिकेट टोलीका सहायक प्रशिक्षक रायन टेन डोशाटेले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् । 

व्यक्तिगत कारण देखाउँदै उनले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) समक्ष राजीनामा दिएका हुन् ।

क्रिकबजका अनुसार टेन डोशाटेले लामो समयदेखि हुने अन्तर्राष्ट्रिय भ्रमणका कारण परिवारलाई पर्याप्त समय दिन नसकेको भन्दै जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन् । उनकी श्रीमती र तीन सन्तान लन्डनमा बस्दै आएका छन्, जसका कारण उनी परिवारसँग बढी समय बिताउन चाहन्छन् ।

यद्यपि उनको राजीनामा तत्काल प्रभावबाट लागू हुने वा नहुनेबारे अन्तिम निर्णय बीसीसीआई र मुख्य प्रशिक्षक गौतम गम्भीरले गर्नेछन् । दुवै पक्षबिच आपसी सहमतिमा सौहार्दपूर्ण रूपमा जिम्मेवारी हस्तान्तरण हुने अपेक्षा गरिएको छ ।

टेन डोशाटे सन् २०२४ मा गौतम गम्भीरको सिफारिसमा भारतीय टोलीको सहायक प्रशिक्षक नियुक्त भएका थिए । यसअघि उनी इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स (केकेआर) को प्रशिक्षक समूहमा पनि आबद्ध थिए ।

उनको बहिर्गमनसँगै भारतीय टोलीको प्रशिक्षक समूहमा फेरि परिवर्तन हुने सम्भावना बढेको छ । बीसीसीआईले आगामी श्रीलङ्का भ्रमणअघि सहयोगी प्रशिक्षकहरूको समीक्षा गरिरहेको छ र केही पदमा नयाँ नियुक्ति हुन सक्ने चर्चा पनि चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप