जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मङ्गलबार, २२ असोज २०८१, २३ : १२
जुम्ला । जुम्लामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार तिला गाउँपालिका–३ स्थित त्रिवेणीबाट तातोपानी गाउँपालिका–७ सर्मीतर्फ जाँदै गरेको क१प १६०५ नम्बरको मोटरसाइकल दुघर्टना हुँदा तातोपानी–७ सर्मी गाउँका अन्दाजी ३१ वर्षीय हेमराज कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी भानुभक्त अर्यालले जानकारी दिए ।
मोटरसाइकल सडकबाट अन्दाजी एक सय ६० मिटर तल भेरी खोलाको छेउमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दुर्घटनामा परी हेमराजका छोरा अन्दाजी नौ वर्षीय परिश्रमको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण