दसैँको टिकामा पोखरा निःशुल्क बस चल्ने
पोखरा । दसैँको टीकाको दिन पोखरामा निःशुल्क बस चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका र यातायात व्यवसायी मिलेर निःशुल्क बस चलाउन लागिएको हो ।
पोखराका विभिन्न १८ वटा गाडीलाई निःशुल्क बस सेवाका रुपमा सञ्चालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
उनका अनुसार टिकामा यात्रुले गाडी नपाउने समस्या हुन नदिन निःशुल्क बस चलाउन लागिएको हो । ७ वटा रुटमा ती गाडीहरू सञ्चालन गरिनेछन् । ‘७ वटा रुटमा १८ वटा गाडी चल्छन् । ती गाडीहरू बिहान ७ बजेदेखि दिउँसो ४ बजेसम्म सेवा लिन सकिन्छ,’ उनले भने, ‘यसअघि यति धेरै निःशुल्क गाडी यहाँ चलेका थिएनन् ।’
निःशुल्क चलाउन पृथ्वी राजमार्ग सञ्चालक कम्पनीले ३ वटा, स्थानीय यातायात कम्पनीले २ वटा, पोखरा यातायातले ९ वटा र बेगनास पोखरा यातायातले ४ वटा गाडी उपलब्ध गराएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले हेमजा–पोखरा रुटको फेदीबाट हेमजा हुँदै पृथ्वीचोकसम्म सेवा दिनेछन् । स्थानीय यातायात कम्पनीले तनहुँ र कास्कीको सिमाना कोत्रेदेखि पोखरासम्म २ वटा चलाउने छ । यस्तै, पोखरा यातायातका ९ गाडीले विशेष गरी पोखराका मुख्य क्षेत्रमा सुविधा दिने छन् ।
तीमध्ये ३ गाडी लामाचौरबाट विरौटा हुँदै छोरेपाटन, ३ गाडी महेन्द्रगुफाबाट चिप्लेढुंगा हुँदै लेकसाइड र बाँकी ३ गाडी काहुँखोलादेखि पृथ्वीचोक हुँदै हल्लनचोक रुटमा चल्ने छन् । बेगनास पोखराका ४ मध्ये २ गाडी बेगनास तालदेखि पृथ्वीचोक हुँदै विन्ध्यवासिनी र २ वटा गाडी राजाको चौताराबाट विन्ध्यवासिनी बसपार्क आइपुग्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर स्वच्छ खानेपानी आपूर्ति सुनिश्चित गर्न संसदीय समितिको निर्देशन, १५ दिनभित्र कार्ययोजना माग
-
लुम्बिनी प्रदेशसभाको बैठक सुरु, चार मन्त्रालयको बजेटमाथि छलफल जारी
-
किन स्थगित भयो प्रतिनिधिसभा बैठक ?
-
सभामुखको मान मर्दन हुने शब्द संसद्को रेकर्डबाट हटाउन माग
-
अनलाइन ठगीको दायरा बढ्दै, १६ प्रकारले ठगिन्छन् सर्वसाधारण
-
सभामुखलाई राजेन्द्र राईको चुनौती : कुरा बुझिसकेँ, खुट्टी हेरिसकेँ, तपाईंले ५ वर्ष संसद् चलाउनुहुन्न !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण