राष्ट्रपतिद्वारा भक्तपुरस्थित नवदुर्गा भगवतीको दर्शन
बुधबार, ३० असोज २०८१, १५ : २३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन् । बडा दसैँको अन्तिम दिन अर्थात् बुधबार आश्विन शुक्ल पूर्णिमाका दिन राष्ट्रपति पौडेलले त्यहाँ रहेको नवदुर्गा भगवतीको पूजाअर्चना गरेका हुन् ।
बडादसैँको अन्तिम दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित नवदुर्गा भगवतीको पूजाअर्चना गर्ने प्रचलन छ । यसअघि राष्ट्रपति पौडेलले विभिन्न शक्तिपिठको दर्शन गरी पूजाअर्चना गरेका थिए । पौडेलसँग प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुगलमाथि अमेरिकाको लगाम
-
वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि पोखरामा तनाव
-
साविक विजेता सैनिक महाविद्यालयले क्रिएटिभ स्कुललाई हरायो
-
‘जार’ प्रिमियरमा डा.बाबुराम भट्टराईदेखि मनीषासम्म, कसले के भने ?
-
छिमेकीबिच तनाव भएको बेला सरकारलाई कूटनीतिक जिम्मेवारी बोध गर्न साउदको माग
-
विद्युत् प्राधिकरणको घाटाबारे ऊर्जामन्त्रीसँग जवाफ माग