बार अध्यक्ष घिमिरे विरुद्धको अवहेलना मुद्दा न्यायाधीश रेग्मी र चुडालको इजलासमा पेसी
काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे विरुद्ध दर्ता भएको अदालतको अवहेलना सम्बन्धी मुद्दाको पेसी न्यायाधीशद्धय कुमार रेग्मी र कुमार चुडालको इजलासमा तोकिएको छ। सर्वोच्च अदालतमा उपरजिस्ट्रार गोविन्द घिमिरेको प्रतिवेदनका आधारमा बार अध्यक्ष घिमिरे विरुद्ध असोज १४ गते अदालतको अवहेलना निवेदन दर्ता भएको थियो । उक्त निवेदन फिर्ता लिने घोषणा घिमिरे स्वयम्ले गरेका छन् ।
बार अध्यक्ष घिमिरेले सर्वोच्च अदालतको रिक्त दुई न्यायाधीश नियुक्तिमा प्रधान न्यायाधीश एवं न्याय परिषद्का अध्यक्षले लेनदेन गरेको आरोप लगाएका थिए । तत्कालीन समयमा प्रधान न्यायाधीशको रूपमा विश्वम्भरप्रसाद श्रेष्ठ थिए भने उनी अवकाश भएका छन् ।
हाल प्रधान न्यायाधीशको रूपमा प्रकाशमानसिंह राउत रहेका छन् । न्याय परिषद् नियमावलीको विरोधमा बारले धर्ना दिइरहँदा परिषद्ले सर्वोच्चको रिक्त न्यायाधीशमा उच्च अदालतका दुई मुख्य न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सिफारिस गरेपछि घिमिरे रुष्ट भएका थिए ।
बारको विरोधलाई बेवास्ता गरेको भन्दै उनले यस्तो अभिव्यक्ति दिएका थिए । तर पछि बारले उक्त अभिव्यक्ति अदालतप्रति नभई न्याय परिषद् अध्यक्षको हकमा मात्र भएको भनी सच्चाएको थियो । सर्वोच्चमा आज हुने सुनुवाइले उक्त मुद्दा अघि बढ्ने कि नबढ्ने तय गर्नेछ। संयुक्त इजलासले खारेज गरेमा यो अघि बढ्ने छैन भने आदेश गरेर पुन सुनुवाइ अघि बढाएमा बार र बेन्चका बिचमा जारी द्वन्द्व बढ्ने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण