लुम्बिनीमा तीन महिने वर्षाबास समापन
बुटवल । भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा तीन महिने वर्षाबास तथा धार्मिक अनुष्ठानको आज समापन गरिएको छ । राजकीय बुद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर धम्मले धर्म देशना सहित वर्षाबासको समापन गरेका हुन् ।
बर्सातको तीन महिना प्रतिकुल मौसमका कारण धर्म यात्रा गर्न असहज हुने भएका कारण उपासकसहित भिक्षुहरू सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई वर्षाबास भनिन्छ। लुम्बिनीमा विगत ८ वर्षदेखि स्थानीय समुदायका तर्फबाट वर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको संयोजक गठन गरी मनाउने गरिएको छ।
बौद्ध महिला समितिको व्यवस्थापनमा भएको वर्षाबासमा अवधिभर दैनिक धर्म देशना, पूजा लगायतका विभिन्न धार्मिक गतिविधिहरू सञ्चालन गरिएको थियो। राजकीय बुद्ध विहारका संरक्षक भिक्षु सागरसम्मले भगवान् बुद्धले सबै प्राणी जगतको कल्याणका लागि प्रदान गरेको उपदेशलाई असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म ९० दिनसम्म बुद्ध जन्मस्थल लुम्बिनीमा वर्षाबास तथा धार्मिक अनुष्ठान कार्यक्रमको माध्यमबाट उजागर गर्ने काम गरेको बताए।
उनले विगत ८ वर्षदेखि स्थानीयहरूलाई बुद्धको उपदेशसँग जोडेर वर्षाबास अवधिभर पञ्चशील ग्रहण, बुद्ध पूजा र धर्म देशनामा सरिक गराएको बताए।समापन कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपप्राध्यापक भिक्षु सिरी वजिर, लुम्बिनी होटेल सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष लीला मणि शर्मा लगायतले बोल्दै लुम्बिनीका स्थानीयलाई जोड्दै लुम्बिनीलाई आध्यात्मिक केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण