वन्यजन्तु संरक्षणमामा अरिटको पहल
काठमाडौँ । अरिट इन्टरनेसनलले सामाजिक उत्तरदायित्व अन्तर्गत वन्यजन्तु संरक्षणमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रत्येक सवारी साधन बिक्रीमा खाद्य तथा शिक्षा प्रदान गर्ने फुड फर लाइफ र होस्टे हाइँसेसँगको साझेदारीमा अरिटले वन्यजन्तु संरक्षणमा योगदान दिन लागेको हो ।
यस पहलले बंगाल टाइगर, एक सिङ्गे गैंडा र एशियाली हात्तीको संरक्षणमा काम हुने बताइएको छ । यस कार्यलाई समर्थन गर्नु भनेको मानिस र वन्यजन्तु शान्तिपूर्वक सहअस्तित्व गर्ने भविष्य सुनिश्चित गर्नु भएको अरिटको भनाइ छ ।
“हाम्रो CSR कार्यक्रमलाई वन्यजन्तु संरक्षणमा समावेश गर्नु भनेको सबैका लागि दिगो भविष्य सुरक्षित गर्ने कुरा हो,” अरिटका क्रिएटिभ सल्लाहकार रोहन अदुकियाले भने, “हाम्रो ग्राहकहरूले अब मानिस र पृथ्वी दुवैमा अर्थपूर्ण प्रभाव पार्न सक्नेछन्।”
अरिट इन्टरनेसनल व्यवसायिक सफलता र वातावरणीय तथा सामाजिक जिम्मेवारीलाई एकसाथ मिलाउँदै दिगोपनसँगको व्यापारिक वृद्धिमा प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण