पोखरामा रास्वपाका कार्यकर्ता र सहकारी पीडित आमनेसामने
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा सो पार्टीका नेता कार्यकर्ताले आइतबार पनि प्रदर्शन गर्ने भएका छन् । अर्कोतिर सहकारी पीडितहरुले समेत पोखरामै आन्दोलन गर्ने भएका छन् ।
एक पक्षले रवि पक्राउको विरोधमा प्रदर्शन गर्ने र अर्कोतर्फ सहकारी पीडितले रविलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्ने भएपनि तनावको अवस्था सिर्जना भएको छ । रास्वपाले सहिद चोकमा भेला हुने आइतबार बिहानैदेखि माइकिङ गरिरहेको छ भने सोहीअनुसार नेता कार्यकर्ता र शुभेच्छुक भेला हुने क्रम सुरु भइसकेको छ ।
यस्तै सहिद चोक नजिकै सहकारी पीडितको आन्दोलन हुने भएको छ । मुस्ताङ चोकमा भेला भएर पीडितहरुले राष्ट्र बैंक चोकसम्म प्रदर्शन गर्ने बताइएको छ । राष्ट्र बैंक चोक र सहिद चोकको दूरी करिब ५० मिटरमात्रै रहेको छ । दुबै पक्षले नजिक नजिकै प्रदर्शन गर्ने भएपछि झडपको स्थितिलाई मध्यनजर गरेर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रदर्शन हुने स्थानबाट कास्की जिल्ला अदालतको दूरी करिब १०० मिनेटमात्रै रहेको छ । सहकारी ठगीमा संलग्नताको आरोपमा प्रहरीले अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार पक्राउ गरेर पोखरा ल्याएको थियो । लामिछानेलाई आजै अदालतमा पेस गरिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण