योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ : मन्त्री भण्डारी
सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्ने बताएका छन् ।
लोकवार्ता परिषद् नेपालद्वारा आयोजित १३ औँ सङ्गोष्ठी अन्तर्गत दुल्लु नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गरिनुपर्छ भन्ने अभियान चलाउनुपर्ने बताए । योगी नरहरिनाथले लोकसाहित्य र जडीबुटीको खोजीमा गरेको योगदानलाई राष्ट्रले सम्मान गर्नुपर्ने उनले धारणा राखे ।
कर्णालीमा गरिने सङ्गोष्ठीमा प्रस्तुत कार्यपत्रलाई प्रकाशनमा ल्याई इतिहासको प्रचार गर्न उनले आग्रह गरे।
उनले ‘जुम्ला हाट दुल्लु विराट’ भन्ने युक्तिका बारेमा खोजी र लेखमा जीवन्त दिन आग्रह गरे ।
लोकवार्ता परिषद्का अध्यक्ष कर्णालीको कला, संस्कृति, सभ्यता र परम्परालाई अक्षरमा उतार्दै जीवन्तता दिने अभियानका रूपमा सङ्गोष्ठी अभियान गरिएको जानकारी दिए ।
नगरप्रमुख भरत रिजालले लोक साहित्यको क्षेत्रमा दुल्लुको योगदान भएपनि विद्वान व्यक्तिहरूबाट दुल्लुको इतिहास लेख्ने क्रममा अन्याय गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण