रवि लामिछाने पक्राउ पर्नु उनको कर्मको फल हो : अजयबाबु शिवाकोटी
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नुलाई उनको ‘कर्मको फल’को संज्ञा दिएका छन् ।
आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामिछाने पक्राउ पर्नुमा कुनै पूर्वाग्रह नरहेको बताएका हुन् ।
‘यो पक्राउ न प्रतिशोध हो, न कुनै पूर्वाग्रह हो । यो उहाँको कर्मको फल हो । कर्मको फलअनुसार उहाँले भोगिरहनु भएको छ । जोशीजी (छविलाल जोशी) सँगै पक्राउ पर्नुपर्थ्यो । यद्यपि ढिला भयो,’ उनले भने ।
साथै, लामिछानेमाविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, जालसाँझी, किर्ते र संगठित अपराधमा अनुसन्धान अगाडि बढ्ने उनले बताए । उनले आजको दिनसम्म सहकारी ठगीमा एक हजार ६ सय व्यक्ति जेलमा रहेको बताए । जिबी राईजस्तै ६ सय व्यक्तिहरू अहिले पनि फरार रहेको उनले बताए । थुनामा रहेका लामिछाने र १ हजार ६ सय व्यक्ति कानुनको नजरमा बराबरी रहेको उनले बताए ।
नेता शिवाकोटीले सहकारी ठगीमा पक्राउ परेका लामिछाने एक्ला व्यक्ति होइनन् भन्ने बुझ्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण