गौशाला धर्मशाला विवाद : उच्च अदालतमा आज मुद्दाको सुनुवाइ हुँदै
सोमबार, ०५ कात्तिक २०८१, ०७ : ३६

पशुपतिको गौशाला धर्मशाला विवादबारे उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ । कात्तिक २ गते यो विवादमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेकामा आज अन्तरिम आदेशबारे छलफलका लागि अदालतले दुबै पक्षलाई बोलाएको हो ।
असोज २ मा न्यायाधीश डालकुमार खड्काको एकल इजलासले पहिलो सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
काठमाडौँ महानगरपालिकाले धर्मशालाबाट हटाउने खोजेको र उक्त कार्य असंवैधानिक भएको दाबी गर्दै माडवाडी सेवा समितिका तर्फबाट पशुपति क्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट दायर भएको थियो ।
धर्मशालाबाट आफूहरूलाई जुनसुकै समयमा हटाउन सक्ने र उक्त धर्मशालामा मिर्गौलाको उपचार देखि अन्य कार्य चलिरहेको दाबी रिटमा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्र लगायतका नेताको रिहाइको माग गर्दै रिले अनसन (तस्बिरहरू)
-
मन्त्रीको निर्देशनमा रोकिएको श्वेतपत्र सार्वजनिक गर्दै विद्युत् प्राधिकरण
-
बागमती प्रदेशस्तरीय स्पोटर्स अवार्ड जेठमा हुने
-
अमेरिकासँग सम्भावित व्यापार वार्ताको मूल्याङ्कन गर्दै छ चीन
-
तनावपूर्ण वातावरणमा डिप्रेसनबाट यसरी रहनुस् टाढा
-
‘झिल्को’ रिलिज, कति छ शो ?