साफ महिला च्याम्पियनसिप : नेपाल र माल्दिभ्स भिड्दै
सोमबार, ०५ कात्तिक २०८१, ०७ : ४४

काठमाडौं । राजधानीमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले सोमबार माल्दिभ्ससँग खोल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल साँझ साढे ५ बजे हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
समूह ‘बी’ मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन् । नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको छ ।
समूहमा नेपालको १ अंक छ भने माल्दिभ्स अंकविहीन छ । नेपालका लागि सेमिफाइनल पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ ।