‘रंगी’को सुटिङ सुरु
काठमाडौँ । फिल्म ‘रंगी’को सुटिङ सुरु भएको छ । मंगलबारबाट सुरु भएको फिल्म सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा बन्न लागेको हो । जसको प्रस्तुतकर्ता सलोन बस्नेत रहेका छन् ।
सुरेश न्यौपानेको निर्देशन रहने फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय रहनेछ । फिल्मको सुटिङ अवधि ३० दिनको रहने निर्माण पक्षले जनाएको छ ।
निर्देशक न्यौपाने यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् । यसअघि उनले ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशन गरेका थिए ।
बाबु छोरीको कथा बन्ने फिल्मका निर्माता सक्षम सुवेदी हुन् । फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायाङ्कन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको सङ्गीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण