स्रोत नखुलको भारतीय रुपैयाँसहित दुई जना पक्राउ
मङ्गलबार, ०६ कात्तिक २०८१, १२ : ४२
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नगद २० लाख ५० हजार भारतीय रुपैयाँसहित उनीहरूलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र प्रदेश राईगट मुम्बई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र ३९ वर्षीय उमेश सखाराम खंडागले रहेका छन् । अस्थायी प्रहरी पोस्ट लिङ्गेट कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ४५ एएस ६६६३ नम्बरको गाडीमा सवार सलमानलाई ८ लाख भारतीय रुपैयाँ र यूपी ४२ डिटि ५७२१ नम्बरको गाडीमा सवार उमेशलाई १२ लाख ५० हजार भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको बताइएकोछ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण