अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको उपहास: नेता केसी

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको उपहास भएको टिप्पणी गरेका छन् । रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै कानुनी प्रक्रियाको कारबाही चलिरहँदा पोखरामा दबाबमूलक कार्यक्रम गरेर अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको उपहास र अविश्वास प्रदर्शित गर्नु भएको उनको टिप्पणी छ ।
‘संविधानको धारा १७ को संवैधानिक हकको निर्बाध उपयोगको अधिकार प्रत्येक व्यक्ति वा संस्थाहरूको अक्षुण्ण अधिकार हो। तर प्रतिबन्धात्मक खण्डले अदालतको मानहानीलाई निषेध गरेको छ भने अदालतका कार्यमा अनावश्यक प्रभाव पार्ने कार्य गर्नु हुँदैन भन्ने हेक्का पनि त्यत्तिकै राख्नु जरुरी छ। किनकि यो विधि र प्रक्रिया माथिको अनावश्यक हस्तक्षेप हो’, केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।
रविले सहकारी छानबिन प्रकरणमा अदालतमाथि विश्वासको अभिव्यक्ति दिएपनि सँगसँगै पोखरामा देशभरका कार्यकर्तालाई जम्मा गरेर गरिएको आन्दोलन गर्नु गलत भएको उनको भनाइ छ ।
यसअघिको पनि यस्ता धेरै थुनछेकका घटनाहरू भएको उल्लेख गर्दै केसीले त्यतिबेला अदालती प्रक्रियामा दबाब दिने काम नभएको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एक जनाको मृत्यु
-
नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशी प्रदेशमा, सबैभन्दा न्यून कर्णालीमा
-
१२औँ म्युजिक खबर अवार्डको उत्कृष्ट पाँचमा को–को समेटिए ?
-
एकपछि अर्को मिसाइल परीक्षण गर्दै पाकिस्तान
-
आहा ! गुलमोहरले ढकमक्क वीरेन्द्रनगर (तस्बिरहरू)
-
चैतसम्म निर्जीवन बीमाद्वारा ३२ अर्ब ८१ करोड बीमा शुल्क संकलन, कसको कति ?