झापा ११ फुटबल क्लब बेलबारी गोल्डकपको फाइनल प्रवेश
बेलबारी । पहिलो पटक सहभागी भएको बुटवल लुम्बिनीविरुद्ध २–० गोल अन्तरको जित निकाल्दै झापा ११ फुटबल क्लब मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
झापाको जितका लागि दुवै गोल आषिश चापागाईँले गरे । २८ औँ मिनेटमा प्रदीप बुढाथोकीको पासमा आशिषले टिमका लागि पहिलो गोल गरेका हुन् ।
७५ औँ मिनेटमा बुटवल लुम्बिनी फुटबल क्लबका रक्षापंक्तिका खेलाडी एन.मेन्डी इवोसिइको आफ्नै डिबक्स भित्र हेन्ड भयो । हेन्ड भएपछि रेफ्री विक्रम कार्कीले झापालाई पेनाल्टी प्रहारको अवसर दिए । झापाले दोस्रो गोल पेनाल्टी मार्फत गर्यो ।
खेलको ८९ औँ मिनेट बुटवल लुम्बिनी फुटबल क्लबले गोल गर्ने राम्रो मौका गुमायो । एरिक बिष्टले प्रहार गरेको बल पोष्टबार छुँदै बाहिरिएपछि बुटवल लुम्बिनी २–० गोलको हार ब्योहोर्दै घर फर्किएको छ ।
दुई गोल गर्ने आशिष आजको खेलमा म्यान अफ दम्याच घोषित भए । चापागाईँलाई केरावारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले नगद ५ हजार सहित म्यान अफ द म्याचको ट्रफि प्रदान गरे ।
शुक्रबार दोस्रो सेमिफाइनल खेल काठमाडौँ लिग विजेता चित्लाङ फुटबल क्लब काठमाडौँ र सलहेस फुटबल क्लब सिराहा बिच हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा भेला गर्दै देउवा समूह
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण