युरोपा लिग फुटबल : रिचार्लिसनको गोलमा टोट्टनहामको रोमाञ्चक जित
काठमाडौँ । युरोपा लिग फुटबलको बिहीबार राति खेलिएको लिग चरणको खेलमा इङ्लिस क्लब टोट्टनहामले रोमाञ्चक जित हात पारेको छ । टोट्टनहामले नेदरल्यान्ड्सको एजेड अल्कमारलाई १–० गोलले हराएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा टोट्टनहामले गोल गरेको थियो । निर्धारित समयको ५३औँ मिनेटमा टोट्टनहामका लागि रिचार्लिसनले पेनाल्टीमार्फत गोल गरेका थिए । सोही गोल नै टोट्टनहामलाई तीन अंक दिलाउन पर्याप्त भयो ।
लिग चरणको खेलमा टोट्टनहाम हालसम्म अपराजित छ । तीनवटै खेलमा जित हात पारेको टोट्टनहाम नौ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । हालसम्म तीनवटा क्लबले मात्र तीनवटै खेलमा जित हात पारेका छन् ।
इटालियन क्लब लाजियो तीनवटै खेल जित्दै नौ अंकसहित पहिलो र बेल्जियन क्लब एन्डरलेच्ट नौ अंकसहित तेस्रो स्थानमा छन् । एजेड अल्कमार भने अंक तालिकाको २४औँ स्थानमा छ । अल्कमारले तीनमध्ये एक खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको छ ।
घाइते भएका कारण लोमा समय मैदान बाहिर रहेका रिचार्लिसनले टोट्टनहाममा उत्कृष्ट पुनरागमन गरेका हुन् । खेलका क्रममा अल्कमार १० खेलाडीमा समेटिएको थियो । निर्धारित समयको खेल सकिनुभन्दा पाँच मिनेटअघि एजेड अल्कमारका डेभिड मोलेर दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण