राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव राणाको निधन
शुक्रबार, ०९ कात्तिक २०८१, १६ : ५२
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव सुशील शमशेर जबराको ९१ वर्षको उमेरमा शुक्रवार निधन भएको छ । राणाको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो ।
राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरू प्रेमबहादुर मल्ल, सरोज पोखरेललगायतले राणाप्रति श्रद्धाञ्जली व्यक्त गरे । राष्ट्रिय खेलकुद परिषद्को दोस्रो सदस्यसचिवका रुपमा राणाले ६ वर्षसम्म नेपाली खेलकुदका लागि योगदान गरेका थिए ।
२०१७ साल देखि २०२४ सालसम्म राणा परिषद्को सदस्यसचिव थिए । उनी नेपाल ब्याडमिन्टन सङ्घको संस्थापक अध्यक्ष पनि हुन् । उनी ब्याडमिन्टन सङ्घको आजीवन मानार्थ अध्यक्ष रहेको जानकारी सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले दिए । राणाको निधनप्रति राष्ट्रिय खेलकुद परिषद्ले दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण