राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव राणाको निधन
शुक्रबार, ०९ कात्तिक २०८१, १६ : ५२

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव सुशील शमशेर जबराको ९१ वर्षको उमेरमा शुक्रवार निधन भएको छ । राणाको शुक्रबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो ।
राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरू प्रेमबहादुर मल्ल, सरोज पोखरेललगायतले राणाप्रति श्रद्धाञ्जली व्यक्त गरे । राष्ट्रिय खेलकुद परिषद्को दोस्रो सदस्यसचिवका रुपमा राणाले ६ वर्षसम्म नेपाली खेलकुदका लागि योगदान गरेका थिए ।
२०१७ साल देखि २०२४ सालसम्म राणा परिषद्को सदस्यसचिव थिए । उनी नेपाल ब्याडमिन्टन सङ्घको संस्थापक अध्यक्ष पनि हुन् । उनी ब्याडमिन्टन सङ्घको आजीवन मानार्थ अध्यक्ष रहेको जानकारी सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले दिए । राणाको निधनप्रति राष्ट्रिय खेलकुद परिषद्ले दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक तथा संगीतकार गणेश रसिकको निधन
-
बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने
-
मृत पशुपन्क्षीलाई श्रद्धाञ्जली दिएर मनाइयो नार्ड
-
लयमा फर्किए मेस्सी र स्वारेज, कोलम्बसलाई हराउँदै तेस्रो स्थानमा उक्लियो इन्टर मियामी
-
‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान
-
स्वास्थ्यमा गण्डकीको फड्को : १३ अस्पतालको स्तरोन्नति