अनमोलको ‘जेरी अन टप’को छायाङ्कन सुरु
काठमाडौँ । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘जेरी अन टप’को छायाङ्कन सुरु भएको छ । सोमबार पाटनस्थित बङ्गलामुखी मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको हो ।
शुभ साइत कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङको सहभागी थियो । गुरुङले फिल्मलाई सफलताको शुभकामना दिए ।
सरोज न्यौपानेको निर्माणमा बन्न लागेको फिल्मको लगानीमा न्यौपानेलाई दीपक भण्डारी, रोबिन शेरचन, रामकृष्ण श्रेष्ठले साझेदारी गरेका छन् । कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र अनिरुद्र गिरी छन् भने ओमप्रकाश अग्रवाल र विवेक थापा एसोसिएट निर्माताका रूपमा रहेका छन् ।
सुयोग गुरुङको निर्देशन रहने फिल्मको कथा हेमराज बिसीको हो । यो फिल्ममा विश्व तिमिल्सिनाको पटकथा छ ।
फिल्ममा अनमोलको अलवा भुवन केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्नेबुढा’, विपना थापा, निर्मल शर्मा, सुरक्षा पन्त, सङ्गीता मगर र सुष्मा निरौलाको अभिनयमा रहने छ ।
कार्यक्रममा अनमोलले आफूलाई सधैँ राम्रो फिल्म गर्ने भोक रहेको भन्दै जेरीको कथावस्तुले आफू लोभिएको बताए ।
६० दिनको सेड्युल लिएर फ्लोरमा निस्केको फिल्म काठमाडौँ, लुक्ला र भारतको लद्धाखमा छायाङ्कन हुनेछ ।
फिल्मलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार लिएका छन् । फिल्ममा किरण थापाको कोरियोग्राफी र विर्जेश श्रेष्ठको संगीत रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण