सरकार कुनैपनि अनुसन्धानमा मानिसको मुख होइन, तथ्य र प्रमाण हेर्छ : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कुनैपनि आपराधिक कार्यको अनुसन्धान मानिसको मुख हेरेर नभई तथ्य र प्रमाणका आधारमा हुने स्पष्ट पारेका छन् ।
सोमबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले तथ्य र प्रमाणका आधारमा अपराधजन्य कार्यहरूको अनुसन्धान हुने बताएका हुन् ।
‘अपराधजन्य कार्यहरू भ्रष्टाचार होस् या ठगी गर्ने सबै मानिसमाथि अनुसन्धान हुन्छ । हुनुपर्छ । कसैलाई काखापाखा हुँदैन । सत्तापक्ष र प्रतिपक्ष भनेर हेरिँदैन’, गृहमन्त्रीले भने, ‘कुनैपनि आपराधिक कार्यको अनुसन्धान, मानिसको मुख होइन तथ्य र प्रमाण हेरेर कारबाही गरिन्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा सहकारी ठगी प्रकरणमा पक्राउ गरेर थुनेको भनेर प्रचारबाजी भइरहेको प्रति संकेत गर्दै गृहमन्त्री लेखकले यस्तो प्रस्टीकरण दिएका हुन् ।
उनले प्रमाण जताजता जान्छ र त्यतैत्यतै अनुसन्धान हुने र भइरहेको पनि बताए ।
सरकार गर्ने अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुने भन्दै न्यायालयको अनुमति लिनुपर्ने बेलामा न्यायालयको समेत अनुमति लिएर सरकारले गर्ने गरेको मन्त्री लेखकको भनाइ छ । उनले सरकार कानुनभन्दा बाहिर नजाने पनि दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण