भौतिकमन्त्रीद्वारा यातायात विभागको आकस्मिक अनुगमन
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन् । मन्त्रालयका सचिव केशवकुमार शर्मा सहित मन्त्री दाहाल अपराह्न अनुगमनका लागि मीनभवनस्थित विभागको कार्यालय पुगेका थिए ।
त्यस क्रममा मन्त्री दाहालले सेवाग्राहीहरूसँग समेत संवाद गरी विभागबाट प्रवाह भई रहेको सेवाका बारेमा जानकारी लिए। सेवाग्राहीहरूले छिटो छरितो सेवा प्रवाहको वातावरण बनाई दिन आग्रह गरेका थिए ।
सेवाग्राहीसँग कुराकानी पछि उनले लाइन नलागी सेवा लिने व्यवस्था मिलाउन विभागलाई निर्देशन दिए । टोकन प्रणाली लागू गरी सेवा लिने प्रबन्ध गर्न उनले निर्देशन दिएका हुन्।
यसैगरी मन्त्री दाहालले डिजिटल सवारी चालक अनुमति पत्र र इम्बोष्ड नम्बर छपाइका बारेमा पनि जानकारी लिएका छन् । विभागका महानिर्देशक राजीव पोखरेलले हाल दैनिक ४ हजारका दरले चालक अनुमति पत्र छपाई भई रहेको जानकारी दिए। प्रदेश स्तरबाट समेत छपाई सुरु भएकाले विभागमा चाप केही घटे पनि डिजिटल कार्ड छपाईलाई चुस्त र नियमित बनाइएको उनको भनाई थियो ।
ईम्बोष्ट नम्बर जडानलाई थप तीव्र र व्यवस्थित पारिने भन्दै पोखरेलले विद्युतीय सवारी दर्ता प्रणालीलाई देशै भरि कार्यान्वयन गरिने बताए। यस्तै नयाँ सडकहरूमा थप रुट निर्धारणका लागि अध्ययन भइरहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण