नइ प्रकाशनलाई उपाध्यायबाट २३ लाख प्रदान
काठमाडौँ । नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा.कपिलदेव उपाध्यायले २३ लाख रुपैयाँ प्रदान गरेका छन् । उनले सो रकम नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईँलाई हस्तान्तरण गरेका हुन् ।
नइ प्रकाशनको रजत महोत्सवका अवसरमा डा. उपाध्यायको संयोजनमा स्थापना गरिएको ५० हजार रुपियाँ राशिको ‘नइ कपिल शोध पुरस्कार’ राष्ट्रकवि डा.माधव घिमिरे, वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वरवल्लभ, महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी, नेपाली साहित्यका विश्वनारी रत्न डा.वानीरा गिरी र नइ प्रकाशनमध्ये कुनै एकको योगदानका विषयमा नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने या नइ प्रकाशनबारे ग्रन्थ लेख्ने विशिष्ट शोधार्थीलाई समर्पण गरिनेछ ।
यस्तै नइ प्रकाशनले बाजुरा र हुम्ला जिल्लाका एकएक जना जेहेनदार छात्रालाई हरेक वर्ष जनही ३० हजार रुपियाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ प्रदान गर्दै आएको छ ।
नइ प्रकाशनको अक्षयकोषमा हाल दुई करोड असी लाख रूपियाँ मौजुद रहेको सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए । सो अक्षयकोषको व्याजबाट नइद्वारा जम्मा तीस वटा पुरस्कार प्रदान गरिने परिपाटि रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण