एडुले छाडे आर्सनल
लण्डन । एडुले आर्सनलको स्पोर्टिङ डाइरेक्टर पदबाट राजीनामा दिएका छन् । ब्राजिलियन पूर्वखेलाडी सन् २०१९ मा आर्सनलमा टेक्निकल डाइरेक्टर रूपमा आबद्ध भएका थिए । उनलाई सन् २०२२ को नोभेम्बरमा स्पोर्टिङ डाइरेक्टर पदमा पदोन्नति गरिएको थियो ।
४६ वर्षीय एडुले आर्सनलबाट सन् २००१ देखि २००५ सम्म व्यावसायिक फुटबल पनि खेलेका थिए । उनले सो क्रममा दुईवटा प्रिमियर लिगको उपाधि जितेका थिए । उनी सन् २००३–०४ को ‘इन्भिन्सिभल’ टोलीको सदस्य पनि थिए ।
‘यो निकै कठिन निर्णय थियो,’ सोमबार उनले भने, ‘अब नयाँ चुनौती सामना गर्ने समय आएको छ । आर्सनल सधैँ मेरो मनमा रहनेछ । म क्लब र यसका समर्थकहरुलाई शुभकामना दिन चाहन्छु ।’
मिकेल आर्टेटालाई क्लबको म्यानेजरका रूपमा भित्र्याउन पूर्वमिडफिल्डरले ठुलो भूमिका खेलेका थिए । आर्टेटाको पहिलो सिजनमा नै क्लबले एफए कपको उपाधि जितेको थियो ।
त्यसयता क्लबले उपाधि जित्न नसके पनि टोलीलाई उपाधि दाबेदार बनाउन ठुलो भूमिका खेलेको श्रेय एडुलाई दिइन्छ । आर्सनल पछिल्ला दुई सिजन प्रिमियर लिगमा म्यानचेस्टर सिटीपछि उपविजेता बनेको थियो ।
उनकै पालमा कप्तान मार्टिन ओडेगार्ड, बेन ह्वाइट, ग्याब्रियल, ग्याब्रियल जिसुस र डेक्लन राइस जस्ता खेलाडी क्लबमा भित्रिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण