क्यानडामा हिन्दू मन्दिरमा भएको आक्रमणबारे एस जयशंकरले के भने ?
नयाँ दिल्ली । सोमबार क्यानडाको एक मन्दिरमा आक्रमण भएको थियो । भारतीय विदेशमन्त्री एस जयशंकरले सो घटनालाई ‘निकै चिन्ताजनक’ भनेका छन् ।
अस्ट्रेलियाको आधिकारिक भ्रमणमा रहेका जयशंकरलाई सोधिएको यस्तो घटनाले भारत र क्यानडाबीच कूटनीतिक तनाव बढाउन सक्छ ? भन्ने प्रश्न सोधिएको थियो । यसको जवाफमा उनले क्यानडाको हिन्दू मन्दिरमा जे भयो त्यो स्पष्ट रूपमा निकै चिन्ताजनक भएको बताए ।
आइतवार क्यानडाको ब्राम्पटनमा रहेको एक हिन्दू मन्दिरमा तीर्थयात्रीहरूमाथि आक्रमण भएको थियो । क्यानडास्थित भारतीय उच्चायोगका अधिकारीहरू मन्दिरमा गएका बेला यो हमला भएको हो । यो आक्रमणको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सोमबार निन्दा गरेका थिए । उनले भनेका थिए, ‘हामी चरमपन्थी र पृथकतावादीहरूले सोमबार ब्राम्पटनको हिन्दू सभा मन्दिरमा गरेको आक्रमणको हामी निन्दा गर्दछौं । हामी यो हिंसामा संलग्नहरूलाई पक्राउ गरिन्छ भन्ने आशा हामीले गरेका छौं ।’
क्यानडामा बस्ने भारतीय नागरिकहरूको बचाउ र सुरक्षाबारे आफूहरू बहुतै चिन्तित रहेको पनि उनले बताएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्ट गर्दै यस घटनाको आलोचना गरेका थिए । ‘क्यानडाको हिन्दू मन्दिरमा जानेरबुझेर गरिएको आक्रमणको म कडा निन्दा गर्दछु’ उनले आफ्नो एकसमा लेखेका थिए । क्यानाडा सरकारले न्याय सुनिश्चित गर्नेछ र कानूनको शासन कायम गर्नेछ भन्ने आफ्नो आशा रहेको पनि उनले लेखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण