पूर्वमुमा बडामहारानीको स्वास्थ्यमा सुधार, दैनिक अस्पताल जान्छन् ज्ञानेन्द्र
काठमाडौँ । पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको चिकित्सकहरुलाई उदृत गर्दै पारिवारिक स्रोतले जनाएको छ ।
स्वास्थ्यमा समस्या भएपछि दुई दिनयता रत्नको राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार हुँदै आएको छ ।
रत्नको सचिवालयका सदस्य शम्भु अधिकारीले स्वास्थ्यमा क्रमशः सुधार भइरहेको जानकारी दिए । ‘स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । तर, कहिले डिस्चार्ज गर्ने भन्ने जानकारी गराइएको छैन’, उनले भने ।
रत्नको घाँटीमा कफ जम्नेलगायतका समस्या देखिएपछि सोमबार राति अस्पताल भर्ना गरिएको थियो ।
९६ वर्षीय उनको छातीमा समेत सङ्क्रमण देखिएको बताइएको छ । नारायणहिटीमा बस्दै आएकी रत्न अस्वस्थ भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले नै नर्भिक लगेका थिए । पूर्वराजाले दैनिक साँझपख रत्नको स्वास्थ्य अवस्थाबारे अस्पतालमै पुगेर जानकारी लिँदै आएका छन् । शाहले मंगलबार साँझ पनि नर्भिक पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अधिकारीले बताए । पूर्वराजासँगै परिवारका अन्य सदस्य पनि अस्पताल पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण