पूर्वमुमा बडामहारानीको स्वास्थ्यमा सुधार, दैनिक अस्पताल जान्छन् ज्ञानेन्द्र

काठमाडौँ । पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको चिकित्सकहरुलाई उदृत गर्दै पारिवारिक स्रोतले जनाएको छ ।
स्वास्थ्यमा समस्या भएपछि दुई दिनयता रत्नको राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार हुँदै आएको छ ।
रत्नको सचिवालयका सदस्य शम्भु अधिकारीले स्वास्थ्यमा क्रमशः सुधार भइरहेको जानकारी दिए । ‘स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । तर, कहिले डिस्चार्ज गर्ने भन्ने जानकारी गराइएको छैन’, उनले भने ।
रत्नको घाँटीमा कफ जम्नेलगायतका समस्या देखिएपछि सोमबार राति अस्पताल भर्ना गरिएको थियो ।
९६ वर्षीय उनको छातीमा समेत सङ्क्रमण देखिएको बताइएको छ । नारायणहिटीमा बस्दै आएकी रत्न अस्वस्थ भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले नै नर्भिक लगेका थिए । पूर्वराजाले दैनिक साँझपख रत्नको स्वास्थ्य अवस्थाबारे अस्पतालमै पुगेर जानकारी लिँदै आएका छन् । शाहले मंगलबार साँझ पनि नर्भिक पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको अधिकारीले बताए । पूर्वराजासँगै परिवारका अन्य सदस्य पनि अस्पताल पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव नेपालसहित यी हुन् अख्तियारले पतञ्जलीमा प्रतिवादी बनाएका ९३ जना (नामसहित)
-
सरोकारवालाहरूको एकै स्वरः पहलगाम घटनालाई नेपालले गम्भीर लिएन
-
७० वर्षसम्म ‘लिभ इन रिलेशनशिप’, ९ दशक उमेर कटेपछि विवाह
-
गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग
-
एकै साथ ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्री पौडेल
-
रुसले युक्रेनमाथि गर्यो जवाफी हमला, पाँच जनाको मृत्यु