सुदूरपश्चिम : ५० दिनमा ३९७ जुवाडे पक्राउ

कैलाली । चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका क्रममा सुदूरपश्चिम प्रदेशमा पछिल्लो ५० दिनमा तीन सय ९७ जुवाडेलाई पक्राउ गरिएको छ ।
पक्राउ परेकाहरूबाट रु २९ लाख सात हजार दुई सय ५४ बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । जुवाताससम्बन्धी कसुरमा पक्राउ परेकामाथि प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइएको छ ।
पक्राउ पर्नेमा कैलालीबाट सबैभन्दा बढी एक सय ८४ र कञ्चनपुरबाट एक सय ५९ जुवाडे रहेका छन् । यसैगरी डोटीमा १२, डडेलधुरामा २८, अछाममा नौ र बझाङमा पाँच जनालाई पक्राउ गरिएको छ । प्रदेशका सबै नौ जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्न थप चार हजार सुरक्षाकर्मीसमेत गरी ११ हजार पाँच सय प्रहरी परिचालन गरिएको थियो । सामान्य अवस्थामा नागरिकको सुरक्षाका लागि प्रदेशमा सात हजार पाँच सय प्रहरी खटिने गरेका छन् ।
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत ठाउँठाउँमा पिकेट टोली, मोबाइल टोली, स्ट्राइकिङ, पैदल गस्ती र सादा पोशाकका प्रहरी परिचालन गरिएका थिए ।
सीमा क्षेत्रबाट लागुऔषधको कारोबार, विष्फोटक पदार्थलगायत मालसमानको चोरी तस्करीका घटना हुन नदिन सीमावर्ती क्षेत्रमा प्रहरी सक्रियता बढाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?