कमेडी शाे ‘कमेडी नाइट विथ च्याम्पियन’ आउने
बिहीबार, २२ कात्तिक २०८१, १३ : ३८

काठमाडौँ । कमेडी सो ‘कमेडी नाइट विथ च्याम्पियन’ सुरु हुने भएको छ । कमेडी क्लब विथ च्याम्पियनकाे टिमले अब ‘कमेडी नाइट विथ च्याम्पियन’ लिएर आउने भएकाे हाे । कलाकारले कार्यक्रमको लोगो शेयर गर्दै कार्यक्रमको औपचारिक जानकारी दिएका छन् ।
विशाल भण्डारीको निर्देशन रहने सो मा सुमन कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, कैलाश कार्की, पवन भट्टराईसँगै भरतमणि पौडेल, सन्तोष थापा, सुमन कोइराला र प्रभात लामा देखिनेछन् ।
कार्यक्रमको अध्यक्षको रूपमा कलाकार तथा निर्देशक दीपाश्री निरौला रहनेछिन् । कार्यक्रम भव्य सेटमा खिच्ने तयारी निर्देशक भण्डारीले गरेका छन् । कार्यक्रम मङ्सिर महिनाको अन्त्यतिरबाट हिमालय टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रसारण हुने निर्देशक भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रमबारे स्वर्णिम वाग्ले : थाकेको अल्छी सरकारले ल्याएको बासी कार्यक्रम
-
फिलिपिन्समा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, दर्जनौं घाइते
-
नीति तथा कार्यक्रममा सत्ता र प्रतिपक्षको टिप्पणी : टोले गुन्डाको चन्दादेखि बासी कार्यक्रमसम्म
-
पाकिस्तानमा कार दुर्घटना, आठ जनाको मृत्यु
-
२ वर्ष अघि आरबीआईले थुतिसकेको २ हजारको नोट अझै प्रचलनमा
-
गाजामा राहत सामग्री पुर्याउन गइरहेको डुङ्गामा ड्रोन हमला