अमाद डियालोको गोलमा म्यानचेस्टर युनाइटेडको पहिलो जित
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलको आफ्नो पछिल्लो खेलमा सफलता हात पारेको छ । म्यान युनाइटेडले बिहीबार राति खेलिएको खेलमा ग्रिसको क्लब पीएओकेमाथि २–० गोलको जित हात पारेको हो ।
घरेलु मैदानमा खेलिएको उक्त खेलमा म्यान युनाइटेडको जितमा अमाद डियालो नायक बने । टोलीका लागि दुबै गोल उनले नै गरेका थिए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
निर्धारित समयको ५०औँ मिनेटमा अमादले पहिलो गोल गरेका थिए । ७७औँ मिनेटमा अर्को गोल थप्दै अमादले म्यान युनाइटेडलाई मत्वपूर्ण तीन अंक दिलाए । लिग चरणको खेलमा हालसम्म चार खेल खेलेको म्यान युनाइटेड ६ अंकसहित तालिकाको १५औँ स्थानमा आसिन छ ।
म्यान युनाइटेड हालसम्म अपराजित छ । तर, लिग चरणमा म्यान युनाइटेडको यो पहिलो जित हो । यसअघि तीन खेलमा म्यान युनाइटेड बराबरीमा रोकिएको थियो । पछिल्ला १२ युरोपियन खेलमा म्यान युनाइटेडले हासिल गरेको यो पहिलो जित पनि हो ।
ग्रिस क्लब पीएओके भने समान खेलबाट एक अंक बटुल्दै तालिकाको ३३औँ स्थानमा छ । पीएओकेले हालसम्म एक बराबरी र तीन हारको नतिजा निकालेको छ । लिग चरणमा सहभागी ३६ वटै टोलीले चार–चार खेल खेलिसक्दा इटालियन क्लब लाजियो १२ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । दोस्रो स्थानमा आसिन डच क्लब आयाक्सको १० अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण