ऋषिको फिल्ममा भित्रिए माग्नेबुढा
काठमाडौँ । अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ निर्देशक ऋषि लामिछानेको नयाँ फिल्ममा भित्रिएका छन् । फिल्म अभिनयका विषयमा बिहीबार केदार र निर्देशक लामिछानेबिच कागजी सम्झौता भएको हो । फिल्मको शीर्ष भूमिकामा केदार भित्रिएका हुन् । कथाको माग अनुसार फिल्मको लागि केदार लिएको निर्देशक लामिछानेले बताए ।
आगामी माघ दोस्रो साताबाट छायाङ्कनको तयारी गरिएको फिल्मको नाम भने सार्वजनिक गरिएको छैन । नाम तय नभए पनि फिल्मको कलाकार भने धमाधम छनौट भइरहेको छ । फिल्मलाई निर्देशक समेत रहेका मुनाल घिमिरेले निर्माण गर्नेछन् ।
सामीप्यराज तिमल्सिनाको स्क्रिप्ट लेखन रहेको यो फिल्मबाट निर्देशक लामिछानेले ८ वर्षपछि कमब्याक गर्न लागेका हुन् । ऋषिले यसअघि निर्देशन गरेको फिल्म ‘किस्मत २’ सन् २०१६ मा प्रदर्शन भएको थियो । उनले ‘हवलदार सुन्तली’, ‘श्रीमान् श्रीमती’, ‘कहिले मिलन कहिले बिछोड’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण