टिभी अभिनेता नितिन चौहानको निधन

नयाँ दिल्ली । भारतीय टेलिभिजन जगतका चर्चित अभिनेता नितिन चौहानको निधन भएको छ । ३५ वर्षीय अभिनेताको मृत्युको कारणबारे कुनै आधिकारिक जानकारी खुलेको छैन । यद्यपि सह–कलाकारले चाहिँ अभिनेताले आत्महत्या गरेको बताएका छन् ।
नितिन चौहान अलीगढका बासिन्दा थिए । विगत केही वर्षदेखि उनी मुम्बईमा बस्दै आएका थिए । नितिनको मृत्यु नोभेम्बर ७ मा भएको भनिएको छ । उनको मृत्युबारे परिवारका सदस्यहरूलाई सूचित गरिएको छ । परिवारजनले उनको शवलाई अलिगढ लगेको बताइएको छ ।
टिभी अभिनेत्री विभूति ठाकुरले नितिनको मृत्युको खबर पाएलगत्तै भावुक पोस्ट सेयर गरेकी छिन् । ‘तिम्रो आत्माले शान्ति पाओस् । हरेक कठिनाइहरू झेल्ने शक्ति तिमीसँग भइदिएको भए, तिमी मानसिक रुपमा आफ्नो शरीर जत्तिकै मजबुत हुन्थ्यौँ भने,’ उनले लेखेकी छिन् ।
नितिन चौहान रियालिटी सो दादागिरी २ को विजेता बनेर चर्चामा आएका थिए । उनले दूरदर्शनको टिभी कार्यक्रम जिन्दगी डट कममा आफ्नो अभिनयको सुरुवात गरेका थिए । यस पछि, उनी सन् २०१२ मा एमटीभी स्प्लिट्सभिला सिजन ५ मा सहभागी बने । उक्त शोमा अभिनेता अली गोनीलाई हराउँदै नितिन उपविजेता भए बने भने पारस छाबडा विजयी भए ।
यो शोबाट नितिन चौहानले निकै लोकप्रियता कमाए । यसपछि उनी क्राइम पेट्रोल, गुमराह, फ्रेन्ड्स कन्डिसन अप्लाइ, सावधान इन्डिया जस्ता टिभी शोमा पनि देखिए । उनी पछिल्लो पटक टिभी सो तेरा यार हुँ मैंमा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति गरिँदै
-
यसपछि केही गर्दिन : आमिर खान
-
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा
-
यातायात बन्दको मारमा यात्रु, परीक्षार्थीलाई स्कर्टिङ गरेर पठाइयो, तस्बिरहरू
-
भक्तपुरको शङ्कर नेशनल स्कुलले मनायो दीक्षान्त समारोह
-
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन (तस्बिरहरू)