एमाले सचिवालय बैठक २ घण्टा ढिला सुरु
शनिबार, २४ कात्तिक २०८१, १३ : ०९
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । पार्टी मुख्यालय च्यासलमा शनिबार बिहान ११ बजे बस्ने गरी बोलाइएको सचिवालयको ४० औँ बैठक २ घण्टा ढिलो गरी सुरु भएको हो ।
बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र निर्माण र उपनिर्वाचनलगायत विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
बैठकमा कोशी प्रदेशका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीको जापान भ्रमण र त्यसक्रममा भएका कमजोरीबारे समेत छलफल हुने एमाले नेताहरूले जनाएका छन् । अधिकारीले नक्कली कागजातका आधारमा आफूसँगै तीन जना मानिसलाई जापान लगेर मानव तस्करी गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
-
माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन
-
सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल
-
विराटनगरमा शेखर कोइराला र प्रकाशरण महतबिच भेटघाट
-
गण्डकीको बजेट खर्च हालसम्मकै कमजोर, बल्लबल्ल फर्स्ट डिभिजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण