उपनिर्वाचनमा सक्रिय हुने कांग्रेस मधेस प्रदेश कार्य समितिको निर्णय
धनुषा । नेपाली कांग्रेसको मधेस प्रदेश कार्य समितिले स्थानीय निकायको उपनिर्वाचनमा ७ वटै क्षेत्रमा उपसमिति परिचालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।
मधेसमा सबैभन्दा धेरै जनआधार कांग्रेसको रहेकाले वडास्तरका सात वटै उपनिर्वाचनमा जिल्लाबाट आएको सिफारिस अनुसार उम्मेदवारलाई टिकट दिने प्रदेश प्रचार प्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।
कार्तिक २४ गते बसेको कांग्रेस मधेस प्रदेश पदाधिकारी एवम् कार्य सम्पादन समितिको बैठकले गरेको निर्णयलाई समेत सो बैठकले अनुमोदन गरेको उनले बताए । मङ्सिर १६ मा मधेस प्रदेशका सप्तरी २, धनुषा १, महोत्तरी १ र रौतहट ३ गरी ७ वटा स्थानीय तहमा वडाध्यक्ष पदमा उप निर्वाचन हुँदैछ । उपनिर्वाचनमा सक्रियताका साथ लाग्न बैठकले सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेको छ ।
बैठकले उपनिर्वाचनलाई परिणाममुखी बनाउन धनुषामा पूर्व मन्त्री रामसरोज यादव, सप्तरीमा महामन्त्री उपेन्द्र यादव, सहमहामन्त्री परशुराम चौधरी, महोत्तरीमा नरेन्द्र यादव, रौतहटका लागि सहमहामन्त्री जयनारायण यादव र प्रदेश सदस्य सुर्यबहादुर थापालाई जिम्मेवारी दिएको छ ।
त्यस्तै नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्वमा गठन भएको वर्तमान सरकारलाई सफल बनाउन प्रदेशस्तरीय दुई दलीय राजनीतिक संयन्त्र बनाउने केन्द्रीय निर्णयअनुसार कांग्रेसको तर्फबाट प्रदेश सभापति कृष्णा यादवको संयोजकत्वमा ३ सदस्यीय संयन्त्र निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।
१०० दिने केन्द्रीय अभियान र क्रियाशील सदस्यता वितरण लगायत प्रदेश मातहतका निकायहरूको सुपरिवेक्षण र समन्वयका लागि ८ वटै जिल्लामा खटाएका प्रदेश पदाधिकारीहरूको जिम्मेवारी निर्वाहलाई प्रभावकारी बनाउने निर्णय समेत भएको प्रचारप्रसार प्रमुख गुप्ताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण