बुटवलमा दिपल ईभी सार्वजनिक
मङ्गलबार, २७ कात्तिक २०८१, १२ : १९
काठमाडौँ । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले निकै सफल आफ्ना दिपल ईभीहरुलाई लुम्बिनी प्रदेशको बुटवलमा सार्वजनिक गरेको छ ।
आइतबार बुटवलमा आयोजना गरिएको समारोहमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल, भैरहवा उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ, एमएडब्लु वृद्धिका सीईओ जोजु जोस थाटिल लगायतले दिपल एस०७ र एल०७ ईभी सार्वजनिक गरेका हुन् ।
चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ । ६ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल ईभी अहिलेसम्ममा ६ सयभन्दा बढी विक्री भएका छन् । यसको डिजाइन र टेक्नोलोजीका कारण यो ग्राहकको रोजाइमा परेको हो ।