बागमतीमा बढाइयो मन्त्रालय
मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या बढाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेको १३ मन्त्रालयलाई विभाजन गरी १४ मन्त्रालय बनाएको हो ।
मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या थप गरी मन्त्रिपरिषद्को कार्यविभाजन स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार बैठकले प्रदेशमा सहकारी तथा गरिबी निवार मन्त्रालय खडा गर्ने निर्णय गरेको छ ।
उक्त कार्यविभाजन अनुसार मन्त्रीको जिम्मेवारी भने नतोकिएको उनले बताए । मुख्यमन्त्री बहादुर सिंह लामाले कार्यविभाजन अनुसार सो मन्त्रालयमा मन्त्रीको जिम्मेवारी तोक्ने उनले बताए ।
बागमती प्रदेशमा विगत ११० दिनदेखि एक विना विभागीय मन्त्री कायम रहेका छन् । गत साउन ९ मा मुख्यमन्त्री लामाले नियुक्त गरेका एक मन्त्रीले जिम्मेवारी पाउन सकेका छैनन् । साउन १२ मा सरकारलाई पूर्णता दिएर साउन १५ मा विश्वासको मत लिँदै सरकार सुरक्षित गरेका उनले प्रदेशको १३ मन्त्रालयमा कांग्रेसका ७ र एमाले ६ मन्त्री नियुक्त गरेका थिए । जसमा कांग्रेसका मदुकुमार श्रेष्ठले जिम्मेवारी पाउन सकेका थिइनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण