कोशी प्रदेशमा पनि बन्यो संयन्त्र
बुधबार, २८ कात्तिक २०८१, ०८ : १४
विराटनगर । दुई पुर्व मुख्यमन्त्रीलाई राखेर कोशी प्रदेश सरकारले संयन्त्र बनाएको छ । सरकार सञ्चालनलाई प्रभावकारी बनाउन कांग्रेस र एमालेले दुई दलीय संयन्त्र बनाइएको जनाइएको छ । दुई दलीय संयन्त्रले आज पत्रकार सम्मेलन गर्दै छन् ।
संयन्त्रमा एमालेका चार तथा कांग्रेसका दुई जना नेता सहभागी छन् । संयन्त्रमा नेकपा एमालेका प्रदेश इन्चार्ज तथा संस्थापक मुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मत कार्की, र नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा रहेका छन् भने कांग्रेसका तर्फबाट संसदीय दलका नेता तथा कोशी प्रदेश सभापति उद्धव थापा र महामन्त्री समेत रहेका। भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई रहेका छन् ।
यसअघि बागमती र गण्डकीमा समेत दुई दलले प्रदेशस्तरीय संयन्त्र गठन गरिसकेका छन् । सातै प्रदेश र सबै जिल्लामा संयन्त्र विस्तार गर्ने दुई दलको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
-
आफ्नो सीमा ननाघ्न बहराइनलाई इरानकाे चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण