शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय

फोटन माउन्टेन ईभी सार्वजनिक,  एकैपटक १०० वटा डेलिभरी

बुधबार, २८ कात्तिक २०८१, १४ : ०७
बुधबार, २८ कात्तिक २०८१

काठमाडौँ । फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा लन्च गरेको छ।

नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यो ईभीमा ५३.५८ kWh ब्याट्री समावेश गरेको छ, जसले पूर्ण चार्जमा ३०० किलोमिटरको सम्मको ड्राइभिङ रेन्जको दिन्छ (एनडिईसी)। साथै, यसमा १३० kWh अधिकतम पावर, ३३० अधिकतम टर्क, र २५% ग्रेडेबिलिटी रहेको छ, जुन नेपाली बजारमा यस्ता विशेषताहरू भएको पहिलो विद्युतीय सवारी साधन बनेको कम्पनीको भनाई छ।

एमएडब्लू  वृद्धि समूहका निर्देशक विवेक सिकरिया भन्छन्, “आज हामी नेपाली बजारमा फोटन माउन्टेन ईभी भ्यान लन्च गर्न पाउँदा अत्यन्तै खुसी छौँ –यो  एक नवीनतम विद्युतीय सवारी साधन हो जसले नेपालको सवारी साधन क्षेत्रलाई नयाँ दिशामा लैजाने छ। नेपालका चुनौतीपूर्ण सडकहरूलाई मध्यनजर गर्दै माउन्टेन ईभी विशेष सुविधाहरूमा उपलब्ध रहेको छ ।”

एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ता भन्छन्, “फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको, भारतमा सबैभन्दा धेरै ईभी बसको रूपमा बिक्री भएको, ९००,००० भन्दा बढी व्यावसायिक सवारी साधनहरूको रूपमा निर्यात र दक्षिण अमेरिकामा अग्र स्थानमा स्थापित भएको छ। माउन्टेन ईभी आफ्नो सेग्मेन्टको एक उत्कृष्ट सवारीसाधन हो जुन नेपालका लागि निर्माण गरिएको ह।"

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप